४ नम्बर प्रदेशको मुख्य मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ

लालप्रसाद शर्मा

पोखरा — प्रदेश नं चारको मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् । सोमबार दिउँसो गुरुङले आफू मुख्यमन्त्रीको दाबेदार रहेको बताउँदै प्रदेश प्रमुख समक्ष बहुमत सांसदको हस्ताक्षर सहित दाबी पत्र पेश गरेका थिए ।

४ नम्बर प्रदेशको मुख्य मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ

त्यसपछि ४ नम्बर प्रदेश प्रमुख बाबुराम कुँवरले गुरुङलाई मुख्यमन्त्री घोषणा गरेका हुन् । गुरुङलाई फूलमाला लगाएर बधाइ दिनेको सहिद चोकस्थित प्रदेश प्रमुखको कार्यालयमा घुँइचो लागेको छ ।


अपडेट...

......

प्रदेश नं. चारको मुख्यमन्त्रीका लागि एमालेका संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले सोमबार प्रदेश प्रमुख बाबुराम कुँवर समक्ष संसदको हस्ताक्षर सहितको दाबी पत्र पेश गरेका छन् ।


एमालेका २७ र माओवादी केन्द्रको १२ गरी ३९ जनाको हस्ताक्षर पोखराको सहिद चोकमा रहेको प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन् ।


पत्र बुझाउन एमालेका प्रदेश नं. चारका संयोजक किरण गुरुङ र माओवादी केन्द्रका इन्चार्ज देव गुरुङ पनि साथै गएका छन् ।

प्रकाशित : माघ २९, २०७४ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?