२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

प्रदेश २ः दोस्रो दिनको बैठकमा १६ सांसद अनुपस्थित

सन्तोष सिंह

धनुषा — प्रदेश २ को प्रथम अधिवेशनको दोस्रो बैठकमा १६ जना सांसद अनुपस्थित भएका छन् । संघीय समाजवादी फोरमका विजयकुमार यादव, माओवादीका रामचन्द्र मण्डल सहित बैठकमा १६ जना सांसद सहभागी भएनन् ।

प्रदेश २ः दोस्रो दिनको बैठकमा १६ सांसद अनुपस्थित

बैठकमा १६ जान सांसद अनुपस्थित भएको संसद सचिवालयले जनाएको छ । १० मिनेटसम्म चलेको बैठक खासै महत्वपूर्ण नभएर सांसदहरु सहभागी नभएको हुसक्ने सचिवालयका कर्मचारीले बताए ।


प्रदेश २ को दोस्रो दिनको बैठकको दृश्य पहिलो दिन भन्दा व्यवस्थित थियो । प्रदेशसभा परिसरमा मर्यादापालक पुरुषले दौरा, सुरुवाल, कोट र महिलाले सारी चोलो लगाएको दृश्यले सभास्थल पहिलो दिन भन्दा व्यवस्थित देखियो ।


प्रथम बैठकमा सहिदको तस्बिरको विषयमा केहिबेर अबरुद्ध भएकोले सोमबारको बसेको दोस्रो बैठकमा मधेस आन्दोलनमा सहिद भएकाहरुको तस्बिर राखिएको थियो । दिउँसो १ बजे बोलाइएको बैठक १ बजेर ५५ मिनेटमा सुरु भएको थियो । १० मिनेटसम्म सञ्चलन भएको बैठकबाट कार्य व्यवस्था नियमावली पारित भएको छ ।

प्रकाशित : माघ २९, २०७४ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?