कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मुख्य मन्त्रीको नियुक्ति दुई दिनलाई सर्‍यो 

अमृता अनमोल

काठमाडौँ — प्रदेश ५ मा आज तयारी गरिएको मुख्य मन्त्रीको नियुक्ति दुई दिनका लागि सरेको छ । प्रदशे ५ मा एमाले नेता शंकर पोखरेल मुख्य मन्त्री पक्का भइसकेको छ । उनी एमाले संसदीय दलका नेता छन् । 

मुख्य मन्त्रीको नियुक्ति दुई दिनलाई सर्‍यो 

सपथ ग्रहणको कार्यक्रम ३ गतेमात्रै हुँदा धेरैदिन मुख्य मन्त्री सपथ विना रहने र २ गते सभामुखको चुनावमा सामान्य सांसदको मात्रै हैसियतमा जान असहज हुने परामर्शपछि मुख्य मन्त्रीको नियुक्ति सारिएको हो ।


कानुनी र दलीय परामर्शपछि २ गते सभामुखको निर्वाचन पछि मात्रै मुख्यमन्त्रीको नियुक्ति गर्ने टुंगोमा प्रदेश प्रमुख उमाकान्त झा पुगेका हुन् । नियुक्तिपछि मुख्यमन्त्रीलाई धेरै दिन सपथ विना नराख्न सुझाव आएकाले नियुक्ति सारिएको प्रदेश प्रमुख झाले बताए ।


प्रदेश कार्यालयले २ गते सभामुखको चयनपछि साँझ ५ बजेलाई सभामुखको सपथ ग्रहण कार्यक्रम गर्ने जनाएको छ ।


प्रकाशित : माघ २९, २०७४ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?