१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

एक महिनामा एक सय फरार पक्राउ

त्रिशूली, नुवाकोट — विभिन्न अपराधमा संलग्न भएर जिल्ला अदालतबाट मुद्दा फैसला भई कैद र जरिवाना भुक्तान नगरी फरार रहेकालाई पक्राउ गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालयले एक महिनामा १०० जनालाई पक्राउ गरेको छ । 

एक महिनामा एक सय फरार पक्राउ

प्रहरीले गत पुस २८ गतेदेखि यही माघ २८ गतेसम्म १०२ फरारलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदातलमा बुझाएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । प्रहरीलेसबैभन्दा कम रु १२ देखि सबैभन्दा बढी रु ३६ हजार २३० सम्म जरिवाना असुली गरेको छ भने कैद असुलतर्फ नौ दिनदेखि १० वर्षसम्म छ ।


साविक राउतबेंसी गाविस–८ का वीरबहादुर तामाङलाई गौवध अभियोग प्रमाणित भई रु १२ तथा थानसिङ–९ का रामचन्द्र थापालाई वन फँडानी मुद्दामा रु ३६ हजार २३० जरिवाना फैसला भएको थियो । तिनीहरु पक्राउ परेका छन् । यस्तै नौ दिन कैदको फैसला भएका ज्यान मुद्दामा दुईपीपलका हरिबहादुर नेपाल पक्राउ परेका छन् । मानव बेचबिखन मुद्दामा विसं २०४२ पुस ४ गते १० वर्ष कैद फैसला भएका पञ्चकन्या गाउँपालिका–४ आरुखर्कका भीमबहादुर तामाङलाई प्रहरीले आइतबार पक्राउ गरी कैद भुक्तानका लागि अदालत पठाएको छ ।


प्रहरीले सो अवधिमा ३० वर्ष १० महिना २८ दिन कैद र रु चार लाख २३ हजार ३२ पैसा जरिवाना असुल गराउन सफल भइएको जनाएको छ । अदालतबाट फैसला भई फरार भएकालाई पक्राउ गरी कानूनी दायरामा ल्याउने अभियानलाई अझै तीव्रता दिइने प्रहरी उपरीक्षक कुँवरले बताए ।


बलात्कार अभियुक्त पक्राउ

तेह्र वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा विदुर नपा–९ लामाटारका ५५ वर्षीय गोपी सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।


किशोरीलाई ललाइफकाई पटक पटक र पछिल्लो पटक माघ २५ गते बलात्कार गरेको पीडित पक्षको उजुरीका आधारमा अभियुक्त सुनारलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ २९, २०७४ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?