कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

एनसेलकाे टावरमा बिस्फोट गराउने को?

रोल्पाको एनसेल टावरमा पनि बिस्फोट
काशीराम डाँगी

रोल्पा — सोमबार राति रोल्पाको कोर्चाबाङ्स्थित मिनाहीमा रहेको एनसेल टावरमाथि बम आक्रमण भएको छ । आक्रमणबाट ठूलो क्षति पुगेको जनाउँदै प्रहरीले आक्रमणकारीको खोजी भैरहेको जनाएको छ।

एनसेलकाे टावरमा बिस्फोट गराउने को?

तत्कालीन माओवादी 'जनयुद्ध' को झल्को दिनेगरी उक्त घटना भएको स्थानीयले बताएका छन्। आक्रमणको जिम्मेवारी कसैले नलिएपनि प्रहरीले 'जनयुद्ध' बिउँताउन खोज्ने नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताको हात रहेको हुनसक्ने दाबी गरेको छ।


नेकपा कार्यकर्ताद्वारा देशव्यापी रूपमा एनसेलको विरोध गर्दै आएकाले उक्त आक्रमण उसैको कार्यकर्ताबाट भएको हुनसक्ने प्रहरीले अनुमान गरेको हो। उक्त आक्रमण तत्कालीन माओवादीले २०५२ मा 'जनयुद्ध' सुरु गरेको फागुन १ गते आउनु अघिल्लो रात गरिएको हो। एनसेलको टावरमा बम बिस्फोटबाट क्षति पुर्‍याइएको छ ।


उक्त टावर माडी गाउँपालिका–६ कोर्चाबाङको मिनाही डाँडामा छ। आक्रमणकारीले राति करिब १२ बजे टावरमाथि बम विस्फोट गरी क्षति पुर्‍याएका थिए । 'मध्यरातमा बिस्फोटको ठूलो धमाका सुन्यौं । कहाँ के भयो भन्ने थाहा भएन। बिहान मात्रै टावर हानेको थाहा भयो।' मिनाही निवासी एक शिक्षकले भने।


घटना बारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ। प्रहरी निरीक्षक सुदर्शन पन्थीले घटना पछि प्रहरी पुगेको र अनुसन्धान सुरु गरिएको बताए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ फागुन १ मा सुरु गरेको 'जनयुद्ध' को झल्को आउने गरी फागुन १ को पूर्वसन्ध्यामा बम बिस्फोट गरिनुलाई सामान्य रूपमा हेर्न नहुने बुद्धिजीवीले दाबी गरेका छन्।


घटनामा नेकपाका कार्यकर्ता संलग्न भएको हुनसक्ने आशंकामा प्रहरीले खोजी थालिएको बताएको छ। टावरमाथि भएको आक्रमणबाट के कति क्षति भयो भन्ने बारे यकीन तथ्यांक आउन बाँकी छ। घटना पछि प्रहरीले उच्च सुरक्षा अपनाएको छ। प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयालले घटनाको गहिरो अनुसन्धान गरिने बताए । तर नेकपाले भने कुनै प्रतिक्रिया दिएको छैन।


उता चन्द नेतृत्वको नेकपाले थबाङमा 'जनयुद्ध' दिवस मनाउन मंगलबार विशेष कार्यक्रम आयोजना गरेको छ। माओवादीका अन्य घटकले भने लिवाङमै दिवस मनाउने तयारी गरेका छन्।


यस्तै धनकुटानुवाकोटमा पनि रहेको एनसेलको टावरमा आगजनी तथा बिस्फोट गराइएको छ । त्यहाँका सुरक्षा निकायले पनि विप्लव समुहलाई नै शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित : फाल्गुन १, २०७४ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?