२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

वैद्य र विप्लवलाई पार्टी एकतामा सहभागी हुन दाहालको अपिल

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी छाडेका मोहन वैद्य र विप्लव भनिने नेत्रविक्रम चन्दलाई पार्टी एकता प्रक्रियामा सहभागी हुन अपिल गरेका छन्

वैद्य र विप्लवलाई पार्टी एकतामा सहभागी हुन दाहालको अपिल

२३ औं जनयुद्ध दिवसका अवसरमा माओवादी मुख्यालय पेरिसडाँडामा मंगलबार भएको कार्यक्रममा अध्यक्ष दाहालले दिवास्वप्नले क्रान्ति पूरा नहुने बताए । ‘सपना धरातल र विज्ञानमा आधारित हुनुपर्छ, रहर लहडमा क्रान्ति हुँदैन,’ विप्लवको दिवास्वप्नले क्रान्ति नहुने दाहालको भनाइ थियो । वैद्यप्रति उनको भनाइ थियो, ‘मेरो गुरु भनेर चिनिनुभएका किरण द्वन्द्वात्मक भौतिकवादको कुरा गर्नुहुन्छ, द्वन्द्वात्मक भौतिकवाद धेरैले लेखे, पढे । जनताबाट भाग्ने र घरमा बसेर क्रान्ति हुँदैन ।’


जनवादी क्रान्तिको नारा धेरै लगाएको उल्लेख गर्दै दाहालले अब समाजवादको नारा लगाएर नयाँ अभियान सुरु हुने बताए । ‘हामीलाई अझ धेरै जनता, धेरै कार्यकर्ता चाहिएको छ, सबै कम्युनिष्टलाई एक ठाउँमा ल्याउने भूमिका पूरा गर्नुपर्नेछ । त्यसो नगरी समाजवाद जिन्दावाद भन्नुको अर्थ छैन,’ उनको भनाइ थियो ।


दाहालले ‘प्रचण्ड'ले धोका दिए भन्नेहरुका लागि आजकै दिन पार्टी एकताको निर्णय भयो भने आफू खुसी हुने बताए ।


दाहालले २०४६ सालअघि नै सशस्त्र संघर्ष गर्ने योजना बनाए पनि पञ्चायत ढाल्ने शर्तमा जनआन्दोलनमा सहभागी भएको सुनाए ।



प्रकाशित : फाल्गुन १, २०७४ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?