प्रदेश ४ का मुख्यमन्त्रीको शपथ सर्‍यो 

लालप्रसाद शर्मा

पोखरा — मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको शपथ दुई दिन पछि सरेको छ । बुधबार दिउँसो दुई बजेलाई शपथको कार्यक्रम राखिएकोमा गुरुङकी कान्छीआमा ८२ वर्षीया रत्न गुरुङको मंगलबार बिहान मृत्यु भएपछि शुक्रबारसम्मलाई सारिएको हो । 

प्रदेश ४ का मुख्यमन्त्रीको शपथ सर्‍यो 

एमाले नेता पृथ्वीसु्ब्बा गुरुङलाई प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्रीमा नियुक्त भएपछि बुधबार शपथको टुंगो पनि लगाइएको थियो । प्रदेश सचिव देवीप्रसाद ज्ञवालीले आगामी शुक्रबार बिहान साढे ९ बजे शपथको कार्यक्रम राखिएको बताए ।


‘स्थान प्रदेश प्रमुखको निवास परिसरै रहनेछ,’ उनले भने, ‘विशेष परिस्थितिका कारण दुई दिन पछि सरेको हो ।’ कान्छी आमाको निधनपछि मुख्यमन्त्री गुरुङ मंगलबार बिहानै काठमाडौं गएका थिए । बिहीबार सभामुखको निर्वाचन भएकाले शपथलाई शुक्रबार पुर्‍याइएको हो ।

प्रकाशित : फाल्गुन १, २०७४ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?