डिस्चार्ज भए जोन तामाङ

प्रशान्त माली

ललितपुर — करिब दुई हप्ताको उपचारपछि १७ वर्षीय बालक जोन तामाङ मंगलबार डिस्चार्ज भएका छन् । फुल्चोकीमा हिउँ हेरेर फर्किने क्रममा हराएका तामाङ गत माघ १७ गते बिरामी अवस्थामा फेला परेका थिए ।

डिस्चार्ज भए जोन तामाङ

फुल्चोकी जंगलबाट भेटिनसाथ उनलाई बीएण्डबी अस्पताल पुर्‍याइएको थियो ।


ललितपुरको थसिखेलस्थित अजय शिशू सदनमा अध्ययनरत उनी फुल्चोकीमा हिउँ हेरेर फर्किंदा हराएका थिए । विद्यालयका प्रिन्सिपलसहित ५ र ६ का ११ विद्यार्थी हिउँ हेर्न गएका थिए। कक्षा ६ बाट फुल्चोकी जानेमा तामाङ एक्ला थिए।


प्रिन्सिपलको लापरबाहीले यस्तो घटना भएको अभिभावकको आरोपपछि प्रहरीले विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर ओलीलाई समेत नियन्त्रणमा लिएको थियो ।


प्रकाशित : फाल्गुन १, २०७४ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?