१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको आगो निभाइँदै

जनकराज सापकोटा

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डम्पिङ साईट (फोहोर थुपार्ने ठाउँ)मा आगो सल्केको छ । विमानस्थलका एसएसपी प्रेम चन्दका अनुसार आगोबाट विमानस्थलमा कुनै समस्या भएको छैन ।

अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको आगो निभाइँदै

कान्तिपुरसँग कुरा गर्दै चन्दले भने, ‘वर्षौदेखि थुपारिएको प्लास्टिक र अन्य फोहोरमा आगो लागेको हो । आगो करिब-करिब नियन्त्रणमा आइसकेको छ ।’


आगो निभाउन दुईवटा दमकल प्रयोग गरिएको छ । एसएसपी चन्दका अनुसार विमानस्थलको डोमेस्टिक साइटको बाहिरपट्टि आगो लागेको हो ।

प्रकाशित : फाल्गुन १, २०७४ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?