प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत

कान्तिपुर संवाददाता

जनकपुर — प्रदेश २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका लालबाबु राउतलाई नियुक्त गरिएको छ । प्रदेश प्रमुख रतनेश्वरलाल कायस्थले फोरमका संसदीय दलका नेता राउतलाई मुख्यमन्त्रीको नियुक्तको पत्र दिएका छन् ।

प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत

कायस्थले मन्त्रिपिरषद विस्तारका लागि समेत राउत पत्र दिएका छन् । यो सँगै मन्त्रिपरिषदको लागि बाटो खुलेको छ ।


प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा नियुक्ति पत्र प्रदान गरिएको हो ।


मुख्य मन्त्रीमा नियुक्त भएपछि राउतले मधेसी सहिदको सपना 'मधेस सरकार' बनाउने सकार भएको बताए ।

प्रकाशित : फाल्गुन २, २०७४ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?