३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

प्रदेश ५ मा आज सभामुखको निर्वाचन हुँदै, आजै मुख्यमन्त्रीको नियुक्ति

घनश्याम गौतम

बुटवल — प्रदेश ५ को संसद बैठक प्रदेश राजधानी बुटवलमा आज दिउँसो १ बजे बस्दै छ । सभामुखको निर्वाचन बैठकको एक मात्र कार्य सूची छ । आजको बैठकबाट माओवादीबाट निर्वाचित पूर्वी रुकुमका सांसद पूर्ण घर्ती सभामुख बन्दै छन् ।

वाम गठबन्धनबाट हिजो उनले उम्मेदवारी दर्ता गराएका थिए । एक जनाको मात्र उम्मेदवारी परेकाले प्रस्तावकले निर्वाचित गरियोस भनेर प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेको जानकारी गराएपछि उहनी निर्वाचित हुने संसद सचिवालयका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । आजको बैठकमा अन्य कार्यसूची नरहेको सचिवालयले जनाएको छ ।


घर्तीको आज नै सपथग्रहण कार्यक्रम छ । त्यस्तै आज नै प्रदेश ५ ले मुख्यमन्त्री पाउँदै छ । एमाले संसदीय दलको नेता शंकर पोखरेल मुख्यमन्त्री बन्दै छन् । दाङबाट निर्वाचित पोखरेललाई वाम गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त गर्न लागिएको हो ।


सभामुखको निर्वाचन लगत्तै पोखरेलको नियुक्ति हुने प्रदेश प्रमुखको कार्यालयका सचिव सनतकुमार दुवाडीले जानकारी दिए । मुख्यमन्त्रीको सपथ भने भोलि दिउँसो ३ बजेका लागि तय भएको छ ।


पहिलो चरणमा पोखरेलसँगै एमालेबाट बैजनाथ चौधरी र माओवादीबाट संसदीय दलका नेता कुलप्रसाद केसी सहितको ३ सदस्यीय मन्त्रीमण्डल बन्ने एमाले सचेतक भुमीश्वर ढकालले जानकारी दिए ।

प्रकाशित : फाल्गुन २, २०७४ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?