१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सभामुखमा अधिकारीको मात्रै मनोनयन

कान्तिपुर संवाददाता

पोखरा — प्रदेश ४ को सभामुखमा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य नेत्रनाथ अधिकारी चयन हुने पक्का भएको छ । बिहीबार हुने सभामुखको निर्वाचनकालागि बुधबार प्रदेशसभा सचिवालयमा अधिकारीको मात्रै मनोनयन दर्ता भएपछि उनी सभामुख हुने निश्चित भएको हो ।

सभामुखमा अधिकारीको मात्रै मनोनयन

बिहीबार प्रदेशसभाको बैठकले उनलाई निर्विरोध सभामुख चयन गर्नेछ ।


माओवादी केन्द्र संसदीय दलको नेता हरिबहादुर चुमान प्रस्तावक र एमाले नेता किरण गुरुङ समर्थकसहित अधिकारीले सभामुखमा मनोनयन दर्ता गरेका थिए । सभामुखसंगै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई शुक्रबार बिहान साढे ९ बजे प्रदेश प्रमुख बाबुराम कुँवरले सपथ खुवाउने कार्यक्रम तय भएको छ ।


पर्वतको कुश्मा नगरपालिका १ पाङमा २०२२ जेठ ३ मा जन्मिएका अधिकारी पर्वत प्रदेशसभा कबाट निर्वाचित सदस्य हुन । आइए उत्तीर्ण उनी २०३८ सालमा तत्कालिन नेकपा चौथो महाधिवेशनको पार्टी सदस्य बन्दै राजनीतिमा लागेका थिए । गाउँकै एक स्कुलमा १८ महिना निःशुल्क पढाएका उनलाई शिक्षक आन्दोलनमा लागेको भन्दै तत्कालिन पञ्चायत सरकारद्वारा २०४१ सालमा शिक्षकबाट बर्खास्त गरेको थियो ।


२०४५ मा अनेरास्ववियूको केन्द्रीय सदस्य, २०४८ मा नेकपा मशालको म्याग्दी सेक्रेटरी, २०४९/०५० नेकपा एकता केन्द्रको पर्वत ईन्चार्ज, २०५२ मा एकता केन्द्रको गण्डक ब्यूरो सदस्य, पर्वत, स्याङजा, बागलुङ सेक्रेटरी र ईन्चार्ज भएका थिए उनी । २०५७–२०५९ माओवादीको कास्की सेक्रेटरी, २०५९/०६० माओवादीको स्याङजा ईन्चार्ज, २०६१/०६२ माओवादीको मगराँत राज्य कार्यालय सेक्रेटरी भएका उनी २०६५ देखि अहिलेसम्म माओवादी पर्वतको ईन्चार्ज छन् । साथै माओवादी केन्द्रको पोलिट्ब्यूरो सदस्य पनि छन् ।

प्रकाशित : फाल्गुन २, २०७४ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?