१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

डिस्कोमा झगडा गरेको आरोपमा सई पक्राउ

रासस

काठमाडौँ — मादक पदार्थ सेवन गरी डान्स क्लबमा झगडा गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, जनसेवामा कार्यरत सई राजुकमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

डिस्कोमा झगडा गरेको आरोपमा सई पक्राउ

बिहान १ बजेतिर मादक पदार्थ सेवन गरी सादा पोशाकमा दरबारमागस्थित ‘आई क्लब’मा पसेका श्रेष्ठले क्लब सञ्चालक र त्यहाँ रहेका अन्य व्यक्तिसँग झगडा गर्नुका साथै होहल्ला गरेका थिए । उनले हतियारसमेत प्रदर्शन गरेको आरोप लागेको छ ।


श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गको प्रहरी टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।


प्रकाशित : फाल्गुन २, २०७४ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?