२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

मन्त्रालयबाट बिदा लिए उप्रप्रधानमन्त्री थापाले

रासस

काठमाडौँ — उपप्रधानमन्त्री कमल थापाले ऊर्जा र सहरी विकास मन्त्रालयको जिम्मेवारीबाट आज औपचारिकरुपमा बिदाइ लिएका छन् । ती दुवै मन्त्रालयमा बुधबार आयोजित बेग्लाबेग्लै कार्यक्रममा उनको बिदाइ गरिएको हो ।

मन्त्रालयबाट बिदा लिए उप्रप्रधानमन्त्री थापाले

ऊर्जा मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा उपप्रधानमन्त्री थापाले मुलुकको विकासमा आफ्नो कार्यकालमा महत्वपूर्ण निर्णय भएको दाबी गरे ।


र्जा मन्त्रालयका सचिव अनुप शर्मा र शहरी विकास मन्त्रालयमा सचिव दीपेन्द्रनाथ शर्माले उपप्रधानमन्त्री थापाको बिदाइ गर्दै उनको कार्यकालमा कुनै राजनीतिक दबाब र प्रभाव झेल्नु नपरेको भनी सन्तोष व्यक्त गरे ।


वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाबाट एक दुई दिनभित्रै राजीनामा आउने चर्चा चलेको बेला उपप्रधानमन्त्री थापाले बुधबार आफूले जिम्मेवारी सम्हालेको मन्त्रालयबाट बिदा भएका हुन् ।

प्रकाशित : फाल्गुन २, २०७४ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?