२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

भावी प्रधानमन्त्रीमा एमालेले ओलीलाई अघि सार्‍यो (भिडियो सहित)

एमाले–माओवादी एकता संयोजन समितिको बैठक बस्दै
पार्टी एकताको स्वरुप आजै टुंगो लाग्ने
दुर्गा खनाल

काठमाडौँ — एमालेले भावी प्रधानमन्त्रीका रुपमा अध्यक्ष केपी ओलीलाई अघि सारेको छ ।

भावी प्रधानमन्त्रीमा एमालेले ओलीलाई अघि सार्‍यो (भिडियो सहित)

बुधबार ललितपुरमा बसेको एमाले स्थायी कमिटीको आकस्मिक बैठकले पार्टी अध्यक्षलाई प्रधानमन्त्रीकाे उम्मेदवार बनाउने निर्णय गरेको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार संसदीय दलको नेताका रुपमा ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सारिएको हो ।

एमाले स्थायी कमिटी बैठकमा माओवादी केन्द्रसँगको पार्टी एकताबारे पनि छलफल भएको उनले बताए । उनले दुवै पार्टीका आन्तरिक छलफलपछि बुधबार नै पार्टी एकता संयोजन समितिको बैठक बस्न लागेको जानकारी दिए । स‌ंयोजन समितिको बैठक अघि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल हुनेछ ।

बैठकमा अध्यक्ष ‌ओलीले पार्टी एकताबारे भइरहेको छलफल प्रगति उन्मुख गरेको ब्रिफिङ गरेका थिए । पार्टी एकतापछि 'संयुक्त नेतृत्व प्रणाली' मा जाने करिब सहमति नजिक एमाले-माओवादी पुगेका छन् ।अध्यक्ष वा सहअध्यक्ष कुन प्रणाली अपनाउने भन्ने विषय बुधबार बस्ने एकता संयोजन समितिको बैठकले टुंगो लगाइनेछ ।

एमालेको स्थायी कमिटी बैठक चलिरहँदा माओवादी केन्द्रको हेडक्वार्टर बैठक बसेको थियो । नेता पाण्डेका अनुसार दुवै दलले गरेको आन्तरिक गृहकार्यको निष्कर्ष एकता संयोजन समिति बैठकमा राख्ने र आजै एमाले–माओवादी केन्द्रबीचको एकताको स्वरुपबारे अन्तिम निर्णय गर्ने सम्भावना छ ।

प्रकाशित : फाल्गुन २, २०७४ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?