कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकताको विषयलाई अन्तिम रुप दिन एमाले-माओवादी असफल, भोलि पुन: बैठक

कान्तिपुर संवाददाता

ललितपुर — पार्टी एकताको विषयलाई अन्तिम रुप दिन भन्दै बुधबार बसेको एमाले-माओवादी बैठक बिनानिष्कर्ष सकिएको छ ।

एकताको विषयलाई अन्तिम रुप दिन एमाले-माओवादी असफल, भोलि पुन: बैठक

ललितपुरको मानभवनमा बसेको पार्टी एकता संयोजन समिति बैठक बिहीबार पुन: बस्ने गरी टुंगिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार शीर्ष नेताले प्रस्तुत गरेको एजेन्डामा गम्भीर र सकारात्मक छलफल भएको छ । उनले भोलि थप छलफल गरेर अन्तिम रुप दिइने बताए ।


एकता संयोजन समितिको बैठक अघि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो ।


श्रेष्ठका अनुसार एकीकृत पार्टीको वैचारिक राजनीति विषय, संगठनात्मक संरचना र सरकार गठनलगायत विषय छलफल भएको थियो । निर्वाचन आयोगले राष्ट्रियसभाको सभानुपातिकतर्फको परिणाम राष्ट्रपतिसमक्ष बुझाएकोले नयाँ सरकार गठनको बाटो खुलेको छ । नेता श्रेष्ठले भोलिको बैठकमा सरकार गठनबारे पनि छलफल हुने जानकारी दिए ।


मानभवनमा रहेको शारदा अधिकारीको घरमा अपराह्न करिब ५ बजेदेखि संयोजन समिति बैठक बसेको थियो । एकीकृत पार्टी संयुक्त नेतृत्व प्रणालीमा अगाडि लैजानेमा दुवै पार्टीका नेताहरु करिब सहमत भइसकेका छन् ।


सरकार गठनअघि नै पार्टी एकता घोषणाको तयारीमा रहेका एमाले-माओवादीले बुधबार दिउँसो पनि आन्तरिक गृहकार्य गरेका थिए । एमाले स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो । साथै बैठकमा पार्टी एकताको प्रगतिबारे ओलीले ब्रिफिङ गरेका थिए । माओवादीको पनि केन्द्रीय कार्यालय बैठक बसेको थियो ।

प्रकाशित : फाल्गुन २, २०७४ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?