ललितपुर बलात्कार काण्ड: तीनै जना अभियुक्त फरार

‘खोजी जारी छ’ : प्रहरी
देवेन्द्र भट्टराई

काठमाडौँ — ललितपुरको भित्री वस्ती गोदामचौरमा तीन महिनाअघि भएको बलात्कार तथा ज्यान मार्ने उद्योगका मुख्य तीन अभियुक्तलाई तत्काल पुर्पक्ष थुनामा राख्ने अदालती फैसला आएको एक सातापछि मात्रै उनीहरु ‘फरार रहेको’ प्रहरीले थाहा पाएको छ ।

गत विहिबार पाटन उच्च अदालतले दिएको पुरावेदन फैसलाको औपचारिक पत्र जिल्ला प्रहरी कार्यालयले सोमबार मात्रै पाएको र तत्काल आरोपीको ‘लोकेसन’मा खोजी गर्दा उनीहरु फरार भैसकेको प्रहरीले जनाएको छ । ‘यो स्थितीबारे हामीले केन्द्रिय प्रहरी परिसर र अपराध महाशाखालाई पनि अवगत गराएका छौं,’महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी विनोद सिलवालले कान्तिपुरसँग भने—‘फरार आरोपीको ‘लोकेसन ट्रेस’ गर्ने काम थालिएको छ ।’ अदालती फैसला आउनासाथ आफूले मौखिक रुपमा स्थानीय बाँडेगाउँस्थित प्रहरी प्रभागमा आरोपीको थातथलो निगरानी गर्न निर्देशन दिएको बताउँदै सिलवालले ‘आरोपी खोजबिनमा तदारुकता अपाइने’ बताए ।

करणी तथा ज्यान मार्ने उद्योगमा किटानी जाहेरीमा परेका तीन आरोपीलाई साधारण तारिखमा छाड्ने जिल्ला अदालतको फैसलालाई बदर गर्दै गत बिहिबार पाटनको उच्च अदालतले ‘प्राप्त प्रारम्भिक प्रमाणका आधारमा आरोपीलाई पुर्पक्षका लागि तत्काल थुनामा राख्ने’ फैसला गरेको थियो ।

पुनरावेदनमा जानुअघि, ललितपुर भित्री वस्तीकी २१ बर्षिया युवतीलाई करणी तथा ज्यान मार्ने उद्योगमा किटानी जाहेरीका आधारमा ललितपुर गोदामचौरका रघु सिलवाल(३२), विशालध्वज कार्की(२०) र पवन कुवर(२०)लाई थुनामा राखिएपनि जिल्ला अदालतले ‘किटानीमा दरो प्रमाण नभएको’ भन्दै थुनामुक्त गरिदिएको थियो ।

हातखुट्टा भाँचिएको र टाउको समेत फुटेको अवस्थामा गत मंसीर ३ गतेको बिहान खेतबारीमा भेटिएकी युवतीको अस्पतालमा ७ दिनपछि मात्रै होस आएको थियो । होस फिरेपछि लिइएको बयान र किटानी जाहेरी आधारमा आरोपी पक्राउ गरिएको थियो ।

पीडित युवतीको शरीरमा पाइएको वीर्य, रौं, रगतसहितको १६ वटा ‘यथेष्ट प्रमाण’को विधी विज्ञान परीक्षण नआइकन जिल्ला अदालतले आरोपीलाई रिहा गरिदिएको फैसला आफैंमा ‘सन्देहास्पद’ बनेको थियो । प्रहरीको विधी विज्ञान प्रयोगशालाले प्राप्त प्रमाणहरुको परीक्षण गर्न अझै केही समय लाग्ने जनाएको छ । पीडित युवती अहिले पनि पिसाब र रगतमा देखिएको संक्रमणका कारण अस्पतालमा उपचाररत छिन् ।

पीडित युवतीका पक्षमा बहसपैरवी गर्दै आएका स्वतन्त्र कानूनकर्मीले कान्तिपुरसँग कुरा गर्दै ‘न्यायिक फैसलालाई कदर गर्ने र पीडितलाई न्याय दिलाउने कुरामा प्रहरी–प्रशासनको सहयोग शून्य रहेकाले अभियुक्तहरु फरार भएको’ प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : फाल्गुन २, २०७४ १८:०३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अपहरणकारी दुईजनालाई १६ वर्ष कैद

रासस

काठमाडौँ — जिल्ला अदालत काठमाडौँले वर्दियाका विशाल चौधरीको अपहरण गर्ने विष्णुप्रसाद पाण्डे र राजु विकलाई १६ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । 

न्यायाधीश कविप्रसाद न्यौपानेको इजलासले अपहरण तथा शरीर बन्धक मुद्दामा सुनुवाइपछि बुधबार चौधरीलाई अपहरण गर्ने पाण्डे र विकलाई १६ वर्ष कैद, रु एक/एक लाख जरिवाना र जनही दुई÷दुई हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका श्रेष्तेदार कृष्णप्रसाद नेपालले जानकारी दिए ।

मुलुकी ऐनको अपहरण तथा शरीर बन्दकको–३ नम्बर महलअनुसार १२/१२ वर्ष कैद, ७ नम्बर महलअनुसार दुई/दुई वर्ष थप कैद र ९ नम्बर महलअनुसार थप दुई/दुई वर्ष कैदको व्यवस्थाअुनसार १६ वर्ष कैद सजाय भएको हो । चौधरीलाई बन्दक बनाएको दिनदेखि मुक्त नभएको दिनसम्म प्रतिदिनको रु ५०० सयका दरले जनही रु दुई हजारको दरको क्षतिपूर्ति भराउने फैसला अदालतले सुनाएको हो ।

पाण्डे र विकले बर्दियाको सरस्वती उच्च माविमा पढ्ने चौधरीलाई गत साउन १२ गते अपहरण गरेका थिए । अपहरण गरेको चारदिनमा चौधरी अपहरण मुक्त भएका थिए ।

प्रकाशित : फाल्गुन २, २०७४ १८:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT