स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा श्रेष्ठ

रासस

काठमाडौँ — स्वास्थ्यमन्त्री दीपक बोहराले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै डा विनोदमान श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्त गरेका छन् । 

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा श्रेष्ठ

स्वास्थ्य मन्त्रालयका उपसचिव डा बावुराम खनालले मन्त्री बोहराले प्रमुख विशेषज्ञ डा श्रेष्ठलाई महानिर्देशकको जिम्मेवारी दिएको जानकारी दिए । बाह्रौं तहका डा श्रेष्ठले आउँदो चैतमा अवकाश पाउँदै छन् । नियमानुसार स्वास्थ्य सेवा विभागको महानिर्देशकमा १२ औँ तहको कर्मचारी नियुक्त हुनुपर्ने व्यवस्था छ ।


मन्त्री बोहराले नियमविपरीत ११ औँ तहका डा तारानाथ पौडेललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएपछि बहाल रहेका अर्का निमित्त महानिर्देशक डा राजेन्द्र पन्त आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालतमा गुहार्न पुगेका थिए ।


सर्वोच्चले डा पन्तलाई पुरानै जिम्मेवारीमा फर्काउन अन्तरिम आदेश दिएसँगै विवाद उत्पन्न भइरहेको थियो । डा श्रेष्ठ महानिर्देशक भएसँगै डा पन्त आफ्नो दरबन्दी रहेको राष्ट्रिय क्षयरोग केन्द्र ठिमी भक्तपुर र डा पौडेल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा फर्कने बुझिएको छ ।


प्रकाशित : फाल्गुन २, २०७४ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?