कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओली निवासमा बधाइ दिनेको भीड

भक्तपुर

काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई बधाई तथा शुभकामना दिन भक्तपुरको बालकोटस्थित उनको निजी निवासमा आउनेको भीड लागेको छ । 

ओली निवासमा बधाइ दिनेको भीड

प्रधानमन्त्री ओली निवासमा नवनियुक्त मन्त्रीद्वय, प्रदेशमन्त्री, प्रदेशसभाका सभामुख, एमालेका केन्द्रीय नेता, सञ्चारकर्मी, कलाकार, व्यापारी, सुरक्षा निकायका उच्च ओहोदाका व्यक्तिलगायत प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिन आएका थिए । बिहान ७ बजेदेखि नै ओली निवासमा शुभेच्छुकको भीड लागेको थियो । बधाई दिन आउनेले घण्टौं कुरेर लामबद्ध भएर प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिएका थिए ।


प्रधानमन्त्री निवासमा जनसंख्या तथा वातावरण मन्त्री लालबावु पण्डित, महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा पनि पुगेका थिए । ओलीलाई बधाई तथा शुभकामना दिन प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानु श्रेष्ठ, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेललगायत पनि आएका थिए ।


त्यसैगरी प्रधानसेनापति राजेन्द्र क्षत्री, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रहरीका उच्चपदस्थ अधिकारी, कलाकार शिव श्रेष्ठलगायत, पत्रकार, लेखक विभिन्न संघसंगठनका पदाधिकारी एवं सर्वसाधारणको भीड लागेको छ ।

प्रकाशित : फाल्गुन ४, २०७४ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?