कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

जनताको मनोविज्ञानसँग जोडिन सकिएन भने प्राप्त उपलब्धि गुम्छ : मुख्यमन्त्री राई

वेदराज पौडेल

इटहरी — जनताको मनोविज्ञानसँग नेतृत्वले जोडिन नसके अहिले सम्म प्राप्त उपलब्धि गुम्ने एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले बताए ।

जनताको मनोविज्ञानसँग जोडिन सकिएन भने प्राप्त उपलब्धि गुम्छ : मुख्यमन्त्री राई

उनले जनताको आकांक्षा, भावना र मनोविज्ञानसँग जोडिन नसकिए अहिलेसम्म प्राप्त उपलब्धि संस्थागत हुन नसक्ने र उपलब्धि संस्थागत हुन नसके गुम्ने खतरा हुने विचार ब्यक्त गरे ।


सुनसरीको इटहरीमा रहेको तालतलैयामा निजामति सहिद मनोज झपेन्द्रको स्मृतिमा निर्माण भएको शालिकसहितका विश्रामस्थलको उद्घाटन तथा लोकार्पण गर्दै राइले उक्त कुरा बताएका हुन । सपथ ग्रहणको तेश्रो दिन यो उनको दोश्रो औपचारिक कार्यक्रम हो ।


जनतालाई देशको मालिक बनाएको र उनै जनताबाट निर्मित संविधान कार्यान्वयनमा आएको प्रसंगमा राईले जनताको भविष्य र भाग्य जनताकै हातमा भएको उल्लेख गरे । जनताका प्रतिनिधिले उनीहरुको मनोभावना बुझेर मुलुकको भविष्य निर्माणमा लाग्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले भने, ‘जनताको मनोभावनाअनुरुप देशमा शान्ति, समृद्धि, सामाजिक न्याय, विकास र सम्पन्नता पस्कनु छ ।’


हिजोका सबै खाले बाधा व्यवधान समाप्त भएको बताउँदै राईले अब गोरेटो र कुइनेटामा अल्मलिनु भन्दा विकासको र समृद्धिको राजमार्गमा मुलुकलाई हिडाउनुपर्ने दायित्व रहेको बताए । पुरानो आनीबानीबाट मुलुक बन्न नसक्ने भएकाले स्वच्छ प्रशासन र भ्रष्टचारमुक्त विधिको शासनले मात्र मुलुक बन्ने भएकाले एक नम्बर प्रदेश भ्रष्टाचाररहित हुने उद्घोष राइले गरे ।


प्रकाशित : फाल्गुन ५, २०७४ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?