प्राज्ञ अमात्यको निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) का कार्यकारी निर्देशक प्राध्यापक पन्नाकाजी अमात्याको ७१ वर्षको उमेरमा शनिबार साँझ निधन भएको छ । 

प्राज्ञ अमात्यको निधन

एक्कासी ज्वरो आउने र शिथिलता महसुस भएपछि नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका उनको छातिमा संक्रमण देखिएको थियो ।


निमोनियाले ग्रस्त भएका उनलाई सघन उपचारकक्षमा राखिएको थियो । अमात्य त्रिभुवन विश्वविद्यालयका राजनीतिकशास्त्रका प्राध्यापक थिए ।


त्रिविबाट सेवा निबृत्त भएपछि पनि उनी प्राज्ञिक कार्यमा सक्रिय थिए ।


अमेरिकामा उच्चशिक्षा हासिल गरेका अमात्य केपी ओली अघिल्लो पटक प्रधानमन्त्री रहँदा २०७३ बैशाखमा आइएफएको प्रमुख भएका थिए ।


तत्कालिन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले उनको नाम सिफारिस गरेका थिए । बानेश्वर निवासी अमात्यका श्रीमती, दुई छोरी र एक छोरा छन् ।


दुवै छोरीहरु अमेरिकामा रहेकाले उनीहरु भोली बेलुका आइपुग्ने र साँझ आर्यघाटमा अन्त्यस्टि गरिने पारिवारिक स्रोतले बताएको छ ।


राजनीतिक दलका धेरै नेताहरु र बरिष्ठ प्रशासकहरु उनलाई गुरुको रुपमा मान्छन् । उनको निधन पछि नर्भिकमा प्रशासक र राजनीतिज्ञहरु श्रद्धान्जली र समेवेदनका लागि आइपुगेका थिए ।


निर्धक्क बोल्ने उनी सरकारले बलियो बौद्धिक समूह बनाउनको लागि लगानी गर्नुपर्छ भन्ने मान्यता राख्थे ।

प्रकाशित : फाल्गुन ५, २०७४ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?