१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

‘महासमिति बैठकबाट डराउनु पर्दैन’

कान्तिपुर संवाददाता

मोरङ — कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले महासमिति बैठक बोलाउनबाट डराउनु नहुने बताएका छन् ।

‘महासमिति बैठकबाट डराउनु पर्दैन’

‘पार्टीलाई समयसापेक्ष बनाएर अघि बढ्न विधान संशोधनको विकल्प छैन,’ कांग्रेस भ्रातृ संगठन नेविसंघको १ नम्बर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले भने, ‘मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा पार्टीलाई सोहीअनुसार अघि बढाउन बैठक बोलाउनैपर्छ ।’ उनले पार्टीलाई सुदृढ बनाउन भ्रातृ संघसंगठनहरूलाई पुनर्जागरण गराउनुपर्नेमा जोड दिए । कोइरालाले कांग्रेस विधिको शासनमा चलेको पार्टी भएकाले एकलौटी रूपमा गर्ने निर्णयले अन्तत: पार्टीलाई नै हानि पुर्‍याउने बताए ।

‘जनताले कांग्रेसलाई पाँच वर्षसम्म प्रतिपक्षमा बस्ने म्यान्डेड दिएका छन्,’ उनले भने, ‘प्रतिपक्षमा बसेर गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्नुपर्छ ।’ केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांग्रेसलाई संगठित बनाउन पार्टीभित्रको एकता आवश्यक रहेको बताए । केन्द्रीय सदस्य धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेललगायत नेताले नयाँ सोच र समयसापेक्ष बनाएर पार्टीलाई अगाडि बढाउन नेविसंघको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिएका थिए ।

प्रकाशित : फाल्गुन ६, २०७४ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?