१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

एनआरएनए कुवेतका अध्यक्ष तामाङमाथि कारबाहीको माग  

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पत्रकार महासंघले गैरआवासीय नेपाली संघ, कुवेतका अध्यक्ष अर्जुन तामाङमाथि कडा कारबाहीको लागि पहल गर्न कुवेतस्थित नेपाली दूतावास, नेपाल सरकार र गैर अावासीय नेपाली संघ केन्द्रीय समितिको ध्यानाकर्षण गराएको छ । 

एनआरएनए कुवेतका अध्यक्ष तामाङमाथि कारबाहीको माग  

तामाङले नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि आइतवार साँझ आक्रमण गरी घाइते बनाएका थिए । महासंघका महासचिव रमेश बिष्टले सोमबार प्रेस बिज्ञप्ती जारी गर्दै कारबाहीको माग गर्दै गम्भीर ध्यानाकर्षण जनाएको हो ।


तामाङले पटकपटक फोन गरी महासंघ कुवेत शाखाका सदस्य सुजन केसीको कोठामा छलफल छ भनी बोलाइ अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण गरेका थिए । आक्रमणबाट घाइते भएका अध्यक्ष न्यौपानेको हाल कुवेतस्थित आदान अस्पतालमा उपचार भइरहेको छ ।


‘जिम्मेवार संस्थाको अध्यक्षजस्तो पदमा रहेका व्यक्तिले आफ्नो पदीय हैसियतलाई ख्याल नगरी अर्का जिम्मेवार संस्थाका अध्यक्षमाथि गरिएको यो सांघातिक आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो’, बिज्ञप्तीमा भनिएको छ, ‘महासंघ पत्रकार न्यौपानेमाथि भएको आक्रमणको घोर निन्दा गर्दछ ।’


प्रकाशित : फाल्गुन ७, २०७४ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?