कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

वित्तीय अपराधमा आठ पक्राउ, २४ प्रतिशत सम्म मासिक ब्याज

वेदराज पौडल

इटहरी — बैंक भन्दा बाहिरै अबैध रुपमा वित्तिय कारोबार गर्ने पाँचवटा अबैंध इन्भेष्टमेन्टबाट आठ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी) ले पक्राउ गरेको छ । 

वित्तीय अपराधमा आठ पक्राउ, २४ प्रतिशत सम्म मासिक ब्याज

उनीहरुले १० करोड रुपैया बैंकिङ नियम भन्दा विपरित २४ प्रतिशतसम्म मासिक ब्याजमा लगाएको कागज प्रहरीले फेला पारेको छ । बैंकमा रकम अभाव (तरलता) भएपछि प्रहरीले अवैध कारोबार भइरहेको बारे अनुसन्धान थालेको थियो ।

कम्पनी रजिष्टारको कार्यालयमा अर्कै उदेश्यका लागि संस्था दर्ता गरेर मंहगोमा ब्याज लगाउने गरेको पाइएको अनुसन्धानमा रहेका प्रहरी अधिकृत श्याम लोहियाले बताए । इटहरीको आपन इभेष्टमेन्ट प्रा. लि.बाट भीमप्रसाद चौधरी, श्याम पेशकार थारुलाई पक्राउ गरेको छ ।

आइतबारदेखि सीआइबीले थालेको अप्रेशनमा हलेसी इन्भेष्टमेन्ट धरानबाट चन्द्र विक र अनिता विक, त्यस्तै चौतारी इन्भेष्टमेन्ट प्रा.लि., विराटनगरबाट राजु शाह, मन्सुन इन्भेष्टमेन्ट प्रा.लि. इटहरीका सञ्चालक सुनिल गुरागाईं, छिन्ताङ इन्भेष्टमेन्ट प्रा.लि. इटहरीबाट डिल्लीप्रसाद आचार्य र प्रकाश आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । गुरागाई इटहरी उपमहानगर पालिका वडा नं. ४ का वडा सचिव हुन् ।

उनको संलग्नताले इटहरी उपमहानगर पालिका भित्र राजश्वमा हुने गरेको अनियमिततासमेत वित्तिय अपराधमा जोडिएको छ ।

राजश्वमा दाखिला भएको करोडौं रुपैयाँ ११ महिनासम्म बैंक दाखिदा नगरी यसरी नै अबैध संस्थाबाट मिटरब्याजमा लगाइने गरेको यस अघिनै खुलेको थियो । अडिटका बेला बर्षको असार मसान्तमा मात्र नगरपालिकाको खातामा रकम जम्मा गर्ने र अन्य बेला महंगोमा उक्त रकम कर्मचारीहरु सम्मिलित वित्तिय संस्थाबाट कारोबार हुने गरेको सामाचार कान्तिपुरमा प्रकाशित भएसकेको छ । प्रहरीका अनुसार ओपन इन्भेष्टमेन्टबाट दुई करोड ३९ लाख, हलेसीबाट ६ करोड ९९ सय लाख, चौतारीबाट ८ लाख ६१ हजार र मन्सुन इन्भेष्टमेन्टबाट ५० लाख रुपैयाँ अवैध कारोबार भएको कागजात फेला पारिएको छ ।

सुन पसले, जग्गाको दलाली र अन्य अबैध कारोबारका लागि धितोमा राखि २४ प्रतिशत मासिक ब्याजमा कारोबार गर्ने गरिएको देखिएको सीबीआईले जनाएको छ । कतिपय कार्यालय नै छैनन् । उनीहरुले झोलामै बोकेर कार्यलय सञ्चालन गर्दै आएका छन् । मुलुक भरमा यस्ता गिरोह रहेको र उनीहरुले अर्बौं रुपैयाँ बैंक भन्दा बाहिरै कारोबार गर्ने गरेको स्रोतले बतायो । डीएसपी लोहीयाका अनुसार निक्षेपमा १० प्रतिशत ब्याज दिने र आफूले २४ प्रतिशतसम्म ब्याज लगाउने गरेको पाइएको छ ।


प्रकाशित : फाल्गुन ७, २०७४ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?