१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

प्रदेश १ को कांग्रेस संसदीय दलको नेतामा कोइराला

लीलावल्लभ घिमिरे

मोरङ — प्रदेश १ को कांग्रेस संसदीय दलको नेतामा राजीव कोइराला चयन भएका छन् ।

प्रदेश १ को कांग्रेस संसदीय दलको नेतामा कोइराला

संसदीय दलको नेताका लागि आइतबार उम्मेदवारी दर्ता गराएका मध्ये केदार कार्की र शेखरचन्द्र थापाले सोमबार उम्मेदवारी दर्ता लिएपछि कोइराला सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक अधिवक्ता भरत थापाले बताए । सर्वसम्मत गराउन कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, अमृत अर्यालय लगायतका नेता लागेका थिए ।


सुनसरी २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित कोइराला कांग्रेसका जिल्ला सभापति हुन् । २०३५ सालमा महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थी राजनीति सुरु गरेका सुनसरीको इनरुवा १ का कोइराला २०४५ को जनजागरण अभियानदेखि पार्टी राजनीतिमा छन् । २०५४ सालमा पार्टीको सहसचिव भएका उनी ०६४ मा सचिव र ०६७ बाट जिल्ला सभापतिमा नेतृत्व सम्हालेका थिए । उनी दोस्रो पटक जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका हुन् । प्रदेश १ मा २१ जना कांग्रेसका प्रदेशसभा सदस्य छन् । जसमा १३ जना समानुपातिकबाट ८ जना निर्वाचित छन् ।


यो प्रदेशका कुल ९३ सिट संख्या छ । त्यस मध्ये एमालेका ५१, माओवादी केन्द्रले १५, संघीय समाजवादी फोरम ३, स्वतन्त्र १, राप्रपा १ र संघीय लोकतान्त्रिक मञ्चको १ सिट छ ।


प्रकाशित : फाल्गुन ७, २०७४ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?