कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

रोल्पामा ट्याक्टर दुर्घटना, दुईको मृत्यु

काशीराम डाँगी

रोल्पा — पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिका-४ नम्जामा सोमबार ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा परी १२ वर्षका बालकको पनि ज्यान गएको छ ।

रोल्पामा ट्याक्टर दुर्घटना, दुईको मृत्यु

सोमबार दिउँसो भएको लु २ त ७९३० नम्बरको ट्याक्टर दुर्घटनामा मृत्यु हुनेमा लुङ्ग्री-४ नम्जा गाउँका ४६ वर्षका नरेन्द्र रोकामगर र उक्त गाउँकै १२ वर्षका दीपेन्द्र विष्ट छन् । बालक विष्ट स्थनीय बालकल्याण विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिए । प्रहरीका अनुसार ट्याक्टरमा सवार अन्य ७ जना घाइते छन् ।


प्रहरीका अनुसार उक्त ट्याक्टर सुलीचौर बजारबाट सामान लिएर नम्जा गाउँतर्फ जाँदै थियो । प्रहरीका अनुसार सडकदेखि उक्त ट्याक्टर करिब ३ सय मिटर मुनि खसेको थियो । दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य घाइतेहरुलाई उपचारका लागि बुटवलतर्फ लगिएको छ ।


प्रहरीका अनुसार दुर्घटनाको कारण थाहा भएको छैन । चालकले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको हुन सक्ने घाइतेले जनाएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ ।


गाउँमा सडकको ट्रयाक खनेपछि नै यातायातका साधन चलाउने गरेकाले यस्ता खालका दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । मापदण्ड पूरा नगरी निर्माण गरिएका सडकमा मालबाहक तथा सवारी साधन चलाउनाले दुर्घटना हुने गरेको प्रहरीको भनाई छ । प्रहरी नायक उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले साँघुरा सडकमा यातायातका साधन चलाउने गरेकाले दुर्घटना बढ्ने गरेको बताए ।

प्रकाशित : फाल्गुन ७, २०७४ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?