कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तीनकुनेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

कान्तिपुर संवाददाता

काठमाडौँ — तीनकुनेस्थित बागमति पुलको मुखैमा रहेको महानगरीय प्रहरी वृत्त अगाडिको सडकमा भेटिएको शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

तीनकुनेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

सेनाको टोलीले डिस्पोज गर्दा उक्त वस्तु ठूलो आवाजसहित पड्केको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेसँगै अवरुद्ध सडक पनि खुलेको छ ।

उक्त स्थानमा शंकास्पद वस्तु फेला परेपछि त्यहाँ भएर गुड्ने सवारी आवागमन प्रवाभित भएको थियो ।

आज नेत्र विक्रम चन्द ‘विप्लव’ समुहले बन्दको आह्वान गरेकोले उक्त शंकास्पद वस्तु पनि सर्वसाधारणलाई त्रशित बनाउने उद्देश्यका साथ सोही समुहका कार्यकर्ताले राखेको आशंका प्रहरीले गरेको छ ।




प्रकाशित : फाल्गुन ८, २०७४ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?