राष्ट्रपतिद्वारा राष्ट्रिय सभामा तीन जना मनोनित

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा तीन जना मनोनित गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले झापाका डा. युवराज खतिवडा, मकवानपुरका रामनारायण विडारी र मोरङकी डा. विमला पौड्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी हुन् ।

राष्ट्रपतिद्वारा राष्ट्रिय सभामा तीन जना मनोनित

संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्य मनोनयन गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


मन्त्रिपरिषदको मंगलबार बिहान बसेको बैठकले पूर्ववर्ती शेरबहादुर देउवा सरकारले गरेको सिफारिस फिर्ता लिँदै नयाँ नाम सिफारिस गरेको थियो ।


खतिवडा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं राष्ट्र बैंकका पूर्वगर्भनर हुन् भने पौड्याल राष्ट्रपति विद्यादेवी भण्डारीको सचिवालयमा थिइन् । उनी केपी ओली नेतृत्वको अघिल्लो सरकारमा राष्ट्रिय योजना आयोगमा सदस्य थिइन् । बिडारी वरिष्ठ अधिवक्ता एवं पूर्वसांसद हुन् । खतिवडा र पौडेल एमाले तथा बिडारी माओवादी कोटाबाट सिफारिस भएका हुन् ।


देउवा सरकारले दुई साताअघि कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीको नाम सिफारिस गरेको थियो । तर, राष्ट्रपतिले तीनवटै सिफारिस ‘होल्ड’ गरेकी थिइन् ।


५९ सदस्यीय राष्ट्रिय सभामा ७ प्रदेशबाट– जना निर्वाचित भइसकेका छन् । तीन जना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगले निर्वाचितको सूची राष्ट्रपति कार्यालयमा बुझाइसकेको छ ।


प्रकाशित : फाल्गुन ८, २०७४ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?