पार्टी एउटै भएपछि अब नेतृत्वको विवाद सकियो: पोखरेल

काठमाडौँ — एमाले महासचिव ईश्वर पोखरेलले पार्टी एकीकरणमा सहमति भएपछि अब नेतृत्वको विवाद पनि सकिएको बताएका छन् ।

एमाले र माओवादी केन्द्रबीच ७ बुँदे पार्टी एकीकरणका प्रारम्भीक आधारमा सहमति भएको भोलिपल्ट कान्तिपुरसँग कुरा गर्दै पोखरेलले अब नेतृत्वको समस्या नरहेको बताए ।

पार्टी एउटै भएपछि अब नेतृत्वको विवाद सकियो: पोखरेल

‘पार्टी नै एकपछि अब त सबै घरभित्रको कुरा भइसक्यो,’ उनले भने, ‘नेतृत्वको विवाद आउने कुरै भएन ।’


नेतृत्व, पार्टीको मार्गदर्शक सिद्धान्तलगायतका विषयलाई टुंगोमा पुर्‍याउन एमालेले दुइटा कार्यदल बनाएको छ । एउटा कार्यदलले अन्तरिम विधान बनाउनेछन भने अर्को कार्यदलले राजनीतिक प्रतिवेदन तयार गर्नेछ । पोखरेलका अनुसार नेतृत्व, पार्टी संरचनालगायतको टुंगो लगाउनेछ ।


कार्यदलले अन्तरिम विधानको टुंगो लगाएपछि पार्टी एकीकरण घोषणा हुने पोखरेलले बताए । ‘एक हप्ता, दुई वा तीन हप्तासम्म पनि लाग्न सक्छ,’ नयाँ पार्टी नयाँ विधानअनुसार नै चल्ने बताउँदै पोखरेलले भने, ‘अन्तरिम विधानको टुंगो लाग्नेवित्तिकै पार्टी एकीकरणको औपचारिक घोषणा हुन्छ ।’

‘पार्टी नै एकपछि अब त सबै घरभित्रको कुरा भइसक्यो,’ एमाले महासचिव ईश्वर पोखरेलको भनाइ छ , ‘नेतृत्वको विवाद आउने कुरै भएन ।’


दुई पार्टीबीचको मौजुदा संरचनामा आकाश पातालको फरक छ । ५ लाख भन्दा बढी सदस्य रहेको एमालेको केन्द्रीय कमिटी १ सय ८५ सदस्यीय छ भने २ लाख हाराहारी सदस्य रहेको माओवादी केन्द्रमा ४ हजार सदस्यीय केन्द्रीय समिति छ । ‘अन्तरिम विधानअनुसार महाधिवेशनसम्मका लागि छरितो केन्द्रीय कमिटी बन्छ,’ उनले भने ।


पार्टी एकीकरणका आधारमा सहमति भएसँगै अब सरकार विस्तारमा कुनै समस्या नभएको महासचिव पोखरेलको भनाइ छ ।


यसैबीच एमाले सचिव प्रदीप ज्ञवालीले बुधबार नै मन्त्रिमण्डलले पूर्णता पाउने स्पष्ट पारेका छन् । ‘भोलि नै हामी सरकार विस्तार गर्छों, मन्त्रिमण्डलले पूर्णता पाउँछ, हामी १५ सदस्यीय मन्त्रिमण्डल बनाउँछौं, हाम्रो कार्यदलले पनि यही सिफारिस गरिसकेको छ, अब कतिपय मन्त्रालयहरु मर्ज गरिन्छ, कतिपय खारेज हुन्छन्,’ उनले भने ।

प्रकाशित : फाल्गुन ८, २०७४ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?