कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमजोर निर्माण, बन्दाबन्दै भाँच्चियो बेलीब्रिज

अनिश तिवारी

सिन्धुपाल्चोक — सीमावर्ती क्षेत्र तातोपानी जोड्ने निर्माणधीन लार्चाको बेलिब्रिज निर्माण कार्य नसकिंदै भाँच्चिएको छ । भदौदेखि सुरु गरिएको बेलिब्रिज निर्माण अन्तिम चरणमा पुग्ने क्रममा मंगलवार दिउँसो भाँच्चिएको हो ।

कमजोर निर्माण, बन्दाबन्दै भाँच्चियो बेलीब्रिज

पुलको दुवैतर्फको फाउण्डेशनको काम आधा सकेर ब्रिज हालिँदै थियो । वारिपट्टीको बेलिब्रिजमा अत्याधिक र पारि कम ब्रिज हालिएकाले पुल लच्किएर बीचैमा ध्वस्त भएको भोटेकोसी गाउँपालिका प्रमुख राजकुमार पौडेलले बताए ।


‘इन्जिनियर र ठेकेदारको बेवास्ताले यस्तो भएको हो,’ प्रमुख पौडेलले भने, ‘निर्माण कार्यमा निगरानी राख्दाराख्दै ठेकेदारको लापरबाहीले गर्दा यस्तो हुन गयो ।’


निर्माणको चरणमा थोरै समस्या आएकाले यस्तो भएको ठेकेदार बन्धन भगवती निर्माण कम्पनीका प्रमुख मुकेश पन्तले बताए । ‘पुलको दुवैतर्फको फाउण्डेशन बनाएर ब्रिजको काम सकाइसकेका थियौं, ब्रिज दुवैतर्फ सन्तुलित नभएकाले यस्तो भयो,’ पन्तले भने, ‘सडक डिभिजनबाट क्रेन ल्याएर भाँच्चिएको स्थान मर्मत गर्ने हतारोमा छौ ।’


सिन्धुपाल्चोकको सीमावर्ती क्षेत्र तातोपानी जोड्ने लार्चास्थित निर्माणाधीन बेलिब्रीज । निर्माण गर्दागर्दै पुल भाँच्चिएको छ । तस्बिर: अनिश तिवारी/कान्तिपुर

प्रकाशित : फाल्गुन ८, २०७४ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?