कान्तिपुरविरुद्ध अवहेलना मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति र प्रमाणपत्र विवादबारे समाचार लेखेर अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । अधिवक्ता तोयानाथ ढुंगानाले दर्ता गरेको मुद्दाको बिहीबारलाई पेसी तोकिएको छ । 

कान्तिपुर पब्लिकेसन्ससहित अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा र संवाददाता कृष्ण ज्ञवालीलाई विपक्षी बनाई दर्ता भएको निवेदनमा कान्तिपुरमा प्रकाशित चारवटा समाचारलाई आधार बनाइएको छ ।


गत माघ २७ मा प्रकाशित ‘प्रधानन्यायाधीशका चार थरी जन्ममिति’, माघ २८ गते प्रकाशित ‘प्रधानन्यायाधीशको जन्ममिति प्रतिलिपि निवेदनबाट फेरबदल’, माघ २९ मा प्रकाशित प्रधानन्यायाधीशका नागरिकतामै तीन जन्ममिति’ भन्ने समाचारले जनमानसमा भ्रम छर्ने प्रयास गरेको आरोप लगाइएको छ । समाचारले अदालतको दैनिक कामकारबाही, प्रशासनिक काम, आदेश र फैसला गर्ने कामलाई समेत प्रभावित पार्न खाजेको भन्दै अधिकतम सजायको माग गरिएको छ ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?