१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मेरो जन्ममिति फरक परेको मानवीय त्रुटिले : डा. गोविन्द केसी

विमल खतिवडा

काठमाडौँ — प्रा.डा. गोविन्द केसीले मानवीय त्रुटिका कारण आफ्नो जन्ममिति फरक परेको स्वीकार गरेका छन् । 
त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा बुधबार पत्रकार सम्मेलनमा डा.केसीले नागरिकता र प्रवेशिका (एसएसली)को चारित्रिक प्रमाण पत्र सार्वजनिक गर्दै आफ्नो जन्ममितिबारे जानकारी गराएका हुन् ।

मेरो जन्ममिति फरक परेको मानवीय त्रुटिले : डा. गोविन्द केसी

प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानबिनको माग गर्दै आएका डा.केसीमाथि नै विभिन्न तहको बढुवाको क्रममा बुझाएको प्रमाण पत्रबारे प्रश्न उब्जिएको छ ।


केसीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको नागरिकताअनुसार उनको जन्म २०१३ असोज २७ छ भने एसएलसीको चारित्रिक प्रमाण पत्रमा २०१३ माघ २४ गते उल्लेख छ । ‘बढुवाका लागि पेस गरिएका कागजात फरक जन्ममिति हुनु मानवीय त्रुटी भएको म स्वीकार्छु,’ डा.केसीले पत्रकार सम्मेलनमा भने, ‘सम्बन्धित कार्यालयमा बुझाएका कागजात रुजु गर्ने अभ्यास हुन्छ ।’ त्रुटीबारे पहिले नै थाहा भएको भए सम्बन्धित निकायमा गएर आफूले त्रुटी सच्चिसक्ने उनको भनाइ थियो ।


नागरिकता र अन्य प्रमाणपत्र नबुझाएको भन्ने आरोप सत्य नभएको दाबी गर्दै उनले आफ्ना कागजात त्रिविका पदाधिकारीले गायब गरेर अनावश्यक विवाद सिर्जना गरेको आरोप लगाए ।

उनले प्रधानन्यायाधीश पराजुलीलाई अबको संसद्ले महाअभियोग लगाएर हटाउनुपर्ने माग गरे । प्रधानन्याधीश पराजुली भ्रष्ट भन्दै उनलाई पदबाट नहटाए फेरि आन्दोलन गर्ने केसीले चेतावनी दिए ।


प्रकाशित : फाल्गुन ९, २०७४ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?