कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

विस्फोटमा संलग्न तीन पक्राउ

कान्तिपुर संवाददाता

पोखरा — कास्कीका विभिन्न ठाउँमा बम राखेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तीनजना नेतालाई पक्राउ गरेको छ । 

मंगलबार नेपाल बन्दका दिन चार ठाउँमा राखिएकामध्ये विजयपुर खोलाको पुलनजिक प्रेसरकुकर बम विस्फोट हुँदा सञ्चारकर्मी र प्रहरी जवान घाइते भएका थिए । अन्य तीन स्थानमा राखिएका बम नेपाली सेनाले निष्क्रिय पारेको थियो ।


पक्राउ पर्नेमा नेकपाका जनसरकार प्रमुख जगन भनिने नन्दप्रसाद तिवारी, उक्त पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी किसान संघका कास्की अध्यक्ष पुष्प कार्की र अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघका खडकबहादुर राई छन् । तीनैजनाविरुद्ध विस्फोट पदार्थअन्तर्गत मुद्दा दर्ता गरिएको छ । कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


विजयपुरमा बम विस्फोट हुँदा रेडियो गण्डकीका स्टेसन म्यानेजर घनश्याम पाण्डे र प्रहरी जवान कुलबहादुर खत्री घाइते भएका थिए । उनीहरूको उपचार भइरहेको छ ।

प्रकाशित : फाल्गुन १०, २०७४ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?