कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

४ वर्षीया बालिका बलात्कृत 

कान्तिपुर संवाददाता

कञ्चनपुर — पुनर्वास नगरपालिकाको (ख) गाउँमा ४ वर्षीया बालिका बलात्कृत भएकी छन् । प्रहरीले बलात्कार आरोपमा पुनर्वास नगरपालिका–८ (क) गाउँका ३६ वर्षीय भीमबहादुर श्रीमाललाई पक्राउ गरेको छ ।

कृष्णपुर नगरपालिका–४ मौरीफाँटामा १३ वर्षीया किशोरी बलात्कृत भएको ६ दिन नबित्दै फेरि अर्को बलात्कारको घटना सार्वजनिक भएपछि स्थानीय आक्रोशित छन् । पुनर्वासमा हजुरआमासँगै सुतेकी बालिकालाई युवकले बाहिर लगेर बलात्कार गरी फेरि सोही ठाउँमा छाडेर गएको प्रहरीले जनाएको छ । श्रीमाललाई प्रहरीले मंगलबार पुनर्वास नगरपालिका–९ (ख) गाउँबाट पक्राउ गरेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टले बताए । ‘घटनाको दोस्रो दिन पीडकले नै पीडितका आफन्तलाई धम्काएपछि घटना बाहिर आएको हो,’ उनले भने, ‘बालिकाका आफन्तले श्रीमाललाई राति घरबाट बाहिर निस्किरहेको अवस्थामा देखेपछि संलग्नता खुलेको हो ।’


बालिकाको अवस्था अहिले सामान्य छ । उनकी आमाले छोरीलाई भित्र राखेर फर्किने बेला श्रीमाललाई देखेको बताइन् । ‘त्यो बेला छोरी बेहोस थिइन् । बिहान दिसापिसाब गर्दा रुन थालेपछि बलात्कार भएको हुन सक्ने ठानेर प्रहरीलाई खबर गर्‍यौं,’ आमाले भनिन्, ‘त्यही दिन श्रीमाल फेरि आएर आफूले बलात्कार गरेको र कुरा सार्वजनिक भएमा यो भन्दा झन् ठूलो घटना गराइदिने धम्की दिएर गयो ।’

बिहीबार पनि कृष्णपुर नगरपालिकामा स्कुल गइरहेकी १३ वर्षीया किशोरीलाई बीच बाटोबाट लगेर बलात्कार गरिएको थियो । प्रहरीले बलात्कार आरोपमा कृष्णपुर ४ ढैयाका विनोद चौधरीलाई पक्राउ गरेर मुद्दा चलाइसकेको छ । ‘अहिले बयान लिने काम भइरहेको छ,’ एसपी विष्टले भने ।

प्रकाशित : फाल्गुन १०, २०७४ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?