कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

दैलेखमा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु

३ घाइते
ज्योति कटुवाल

दैलेख — दैलेख सदरमुकामबाट महाबु गाउँपालिका जाँदै गरेको जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिप सडकबाट निकै तल खसेको छ । लु१ज ३५३२ नम्बरको जिप साविकको रानीवन गाविसको ओखलढुंगा भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दैलेखमा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु

दुर्घटनामा परी मृत्यु हुनेमा महाबु गाउँपालिका-५ का ३५ वर्षीय सरल कुमार शाही, महाबु-४ गैंडाबाजकी २२ वर्षीय निर्मला पाण्डे, कालिकोटकी २९ वर्षीया निर्मला कुमारी शाही र सुर्खेतका तिलक ढकाल छन् ।

यसैगरी घाइते हुनेको पहिचान खलेको छैन । घाइतेको उपचारको लागि जिल्ला अस्पताल ल्याइँदै गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सरोज पौडेलले जानकारी दिए ।

प्रकाशित : फाल्गुन १०, २०७४ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?