एकताको विरोधमा रहेका माओवादीका तीन नेता निष्कासित

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रले पार्टी एकताप्रति असहमति जनाउँदै आएका तीन नेतालाई निष्कासन गरेको छ । 
अध्यक्ष पुष्पकमल दाहाल निवास ललितपुरको खुमलटारमा बिहीबार बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले नेताहरु लोकेन्द्र विष्टमगर, गोपाल किराती र विश्वभक्त दुलाललाई निष्कासन गर्ने निर्णय गरेको हो ।

एकताको विरोधमा रहेका माओवादीका तीन नेता निष्कासित

नेता वर्षमान पुनले पार्टीनिर्णय विपरीत गतिविधि गर्ने र एकताको विरोधमा रहेका लोकेन्द्र विष्टमगर, गोपाल किराती र विश्वभक्त दुलाल पार्टीमा नरहेको घोषणा बैठकले गरेको जानकारी दिए ।


एमालेसँग एकता गर्ने घोषणादेखि नै विष्ट, किराती र दुलाल असन्तुष्ट थिए । माओवादी एमालेसँग विलय हुन लागेको आरोप समेत लगाइरहेका ती नेताहरुले यही फागुन १ गतेको 'जनयुद्ध' दिवस पनि मोहन वैद्य र नेत्रविक्रम चन्दको पार्टीले आयोजना कार्यक्रममा मनाएका थिए ।


प्रकाशित : फाल्गुन १०, २०७४ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?