कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

माओवादीमा मन्त्री छान्ने जिम्मा अध्यक्षसहित तीन नेतालाई

रासस

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) ले सरकारमा जानका लागि नीतिगत निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष तीन नेतालाई दिएको छ ।

माओवादीमा मन्त्री छान्ने जिम्मा अध्यक्षसहित तीन नेतालाई

खुमलटारस्थित पार्टी अध्यक्ष दाहाल निवासमा बिहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्षसहित नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई उक्त जिम्मा दिने निर्णय गरेको हो ।

कुन–कुन मन्त्रालय लिएर कुन–कुन नेतालाई पठाउने भन्ने विषयमा अध्यक्षसहित नेता श्रेष्ठ र थापालाई जिम्मा दिने निर्णय भएको पार्टीका नेता अग्नि सापकोटाले जानकारी दिए । बैठकमा यही फागुन ७ गते नेकपा (एमाले)सँग भएको सात बुँदे सहमति, पार्टी एकता कार्यदलको बैठक, सरकारमा सहभागिताका लागि नीतिगत समझदारी र मापदण्ड बनाएर जाने विषयमासमेत छलफल भएको थियो ।


प्रकाशित : फाल्गुन १०, २०७४ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?