कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अमेरिकी राष्ट्रपति ट्रम्पको शुभकामना प्रधानमन्त्री ओलीलाई

शेखर अधिकारी

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना सन्देश पठाएका छन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पको शुभकामना प्रधानमन्त्री ओलीलाई

शुक्रबार नेपाली समय अनुसार दिउँसो अमेरिकास्थित नेपाली राजदूतावास मार्फत उनले यो सन्देश पठाएका हुन् । सन्देशमा नेपालको दिगो विकास र स्थायी सरकारका लागि शुभकामना दिएका छन् ।


शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीको कार्याकालमा दुई देशबीचको दुईपक्षीय सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास लिइएको छ ।


सन्देशमा तीनवटै तहका निर्वाचन सम्पन्न भएकामा त्यसको सराहना गर्दै जनादेशबाट समावेशी लोकतान्त्रिक शासनपद्धतिप्रतिको निष्ठा मुखरित भएको बताएका छन् ।


सन्देशमा भनिएको छ, 'प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको बधाई दिन चाहन्छु । संविधान कार्यान्वयन पछिको बनेको पहिलो सरकारसँग अमेरिकी सरकार साझेदारी गरेर अघि बढ्न चाहन्छ । हामी नेपालको दिगो आर्थिक विकास, भ्रष्टचार नियन्त्रण, शान्ति सुशासनको कामना गर्दै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ । अमेरिकी जनताको तर्फबाट तपाईंको उत्पादक तथा फलदायी कार्यको लागि शुभकामना व्यक्त गर्न चाहन्छु ।'


प्रकाशित : फाल्गुन ११, २०७४ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?