कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भारतीय अभिनेत्री श्रीदेवीको निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ । ५५ वर्षीया श्रीदेवीको हृदयाघातका कारण दुबईमा निधन भएको हो ।

भारतीय अभिनेत्री श्रीदेवीको निधन

श्रीदेवीलाई हिन्दी फिल्मको पहिलो महिला सुपरस्टार भनिन्थ्यो । सन् २०१३ मा पद्मश्री सम्मान पाएकी उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् ।


श्रीदेवी भतिजको विवाहका लागि दुबई गएकी थिइन् ।


भारतीय समाचार संस्था पीटीआईका अनुसार अभिनेतासमेत रहेका देवर सञ्जय कपुरले श्रीदेवीको निधन भएको पुष्टि गरे ।


श्रीदेवीको निधनलगत्तै श्रीदेवीको मुम्बईस्थित घरमा फिल्मकर्मी एवं शुभेच्छुकको ठूलो भीड लागेको छ ।

प्रकाशित : फाल्गुन १३, २०७४ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?