२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा जारी

संसदीय दलको विधान अनुमोदन गर्ने
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । आइतबार करिब पौने ११ बजे सुरु केन्द्रीय समिति बैठकले पार्टीको संसदीय दलको विधान पारित गरी संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा जारी

कांग्रेसबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको शनिबार बसेको संयुक्त बैठकले कांग्रेस संसदीय दलको विधान मस्यौदा सर्वसम्मतले पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाएको थियो ।


नेपालको संविधानबमोजिम दुई सदनात्मक व्यवस्थापिका अनुसार कांग्रेसले पार्टी संसदीय दलको विधान परिमार्जन गर्न लागेको जनाएको छ । यही फागनु २१ गते संघीय संसद्को बैठक बस्न लागेकाले त्यसअघि कांग्रेसले संसदीय दलको नेता चयन गरिसक्ने जनाएको छ ।


आजको बैठकले संसदीय दलको नेताको निर्वाचनका लागि निर्वाचन समिति बनाउने र मिति तोक्ने केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । यसबाहेक समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने उनले बताए ।

प्रकाशित : फाल्गुन १३, २०७४ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?