कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कांग्रेस कार्यालयमा नेवि संघको धर्ना र नाराबाजी, देउवालाई चस्मा उपहार [तस्बिरहरु]

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसभित्र तीव्र गुटबन्दी अन्त्यको माग गर्दै नेपाल विद्यार्थी संघ आबद्ध नेता, कार्यकर्ताले आइतबार केन्द्रीय कार्यालयमा केहीबेर धर्ना दिएका छन् ।

झन्डा, ब्यानरसहित बिहान करिब ९ बजे सानेपा कांग्रेस कार्यालय पुगेका नेवि संघका कार्यकर्ताले मूलढोकामा धर्ना दिँदै नाराबाजी समेत गरेका थिए ।

कांग्रेस कार्यालयमा नेवि संघको धर्ना र नाराबाजी, देउवालाई चस्मा उपहार [तस्बिरहरु]
कांग्रेस कार्यालयमा नेवि संघको धर्ना र नाराबाजी, देउवालाई चस्मा उपहार [तस्बिरहरु]

त्यस क्रममा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन पुगेका सभापति शेरबहादुर देउवालाई उनीहरुले पार्टीभित्रको गुटबन्दी अन्त्यको माग गर्दै चस्मा उपहार दिएका थिए ।

कांग्रेस कार्यालयमा नेवि संघको धर्ना र नाराबाजी, देउवालाई चस्मा उपहार [तस्बिरहरु]

कांग्रेस कार्यालयमा नेवि संघको धर्ना र नाराबाजी, देउवालाई चस्मा उपहार [तस्बिरहरु]

कांग्रेस कार्यालयमा नेवि संघको धर्ना र नाराबाजी, देउवालाई चस्मा उपहार [तस्बिरहरु]

'गुटरहित' लेखिएको चस्मा नेवि संघले दिए पनि सभापति देउवाले लिन अस्वीकार गरेका थिए । कांग्रेसभित्र शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्ष दुई खेमा विभाजित छन् भने अन्य थुप्रै गुट-उपगुट सक्रिय छन् ।

कांग्रेस कार्यालयमा नेवि संघको धर्ना र नाराबाजी, देउवालाई चस्मा उपहार [तस्बिरहरु]

कांग्रेस कार्यालयमा नेवि संघको धर्ना र नाराबाजी, देउवालाई चस्मा उपहार [तस्बिरहरु]

कांग्रेस कार्यालयमा नेवि संघको धर्ना र नाराबाजी, देउवालाई चस्मा उपहार [तस्बिरहरु]


प्रकाशित : फाल्गुन १३, २०७४ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?