२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कांग्रेस संसदीय दलको चुनाव २१ गते

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस संसदीय दलको नेता चयनका लागि फागुन २१ गते निर्वाचन हुने भएको छ ।

कांग्रेस संसदीय दलको चुनाव २१ गते
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान बसेको केन्द्रीय कार्यसमिति बैठकले नेता चयनका लागि निर्वाचनको मिति तय गरेको केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले जानकारी दिए । चुनावका लागि श्रेष्ठकै संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाइएको छ । समितिमा नवीन्द्रराज जोशी र भीष्मराज आङदेम्बे सदस्य रहेका छन् ।


फागनु २१ गते संघीय संसद्को बैठक बस्ने भएकाले त्यसअघि नै दलको नेता चयन गर्नुपर्नेछ । बैठकले कांग्रेस संसदीय दलको विधान मस्यौदा सर्वसम्मतले पारित गरेको छ ।


दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह प्रतिस्पर्धामा उत्रने तयारीमा छन् ।

प्रकाशित : फाल्गुन १३, २०७४ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?