ओली सरकारमा थपिए चार मन्त्री

शेखर अधिकारी

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्री ओलीले एमाले र माओवादी केन्द्रका दुई-दुई जना मन्त्री थप गरे । फागुन ३ गते प्रधानमन्त्रीसँगै लालबाबु पण्डित र थममाया थापाले शपथ लिएका थिए । विस्तारित मन्त्रिपरिषद् ७ सदस्यीय भएको छ ।

ओली सरकारमा थपिए चार मन्त्री

तस्बिर : अंगद ढकाल

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार रक्षा मन्त्रीमा एमाले महासचिव ईश्वर पोखरेल, अर्थमन्त्रीमा एमालेकै डा. युवराज खतिवडा, गृहमन्त्रीमा माओवादी केन्द्रका रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमा माओवादीकै मातृका यादवलाई शपथ खुवाइन् ।


एमालेमा अर्थ र माओवादी केन्द्रमा गृह मन्त्रालयको तानातान बढी भएपछि चार जनामात्रै मन्त्री थपिएका हुन् ।


नवनियुक्त मन्त्रीहरुमध्ये खतिवडामात्रै सरकारमा नयाँ अनुहार हुन् ।


राष्ट्रिय सभामा लगेर मन्त्री बनाउने तयारी भए पनि सर्वोच्चले खतिवडाको शपथ रोक्न आदेश दिइसकेको छ । तर, तत्काललाई मन्त्री बन्न कानुनले रोक्दैन । मन्त्री भएको ६ महिनाभित्र खतिवडा संघीय संसद (प्रतिनिधि वा राष्ट्रिय सभा)को सदस्य भइसक्नुपर्छ ।

प्रकाशित : फाल्गुन १४, २०७४ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?