२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कान्तिपुरसम्बन्धी आदेशमा ध्यानाकर्षण : पत्रकार महासंघ

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतले कान्तिपुर दैनिकका सम्बन्धमा गरेको आदेशमा पत्रकार महासंघले ध्यानाकर्षण भएको भन्दै कुन सामाग्री प्रकाशन गर्ने भन्ने बिषय सञ्चार माध्यमको संविधान प्रदत्त अधिकार भएको उल्लेख गरेको छ ।

कान्तिपुरसम्बन्धी आदेशमा ध्यानाकर्षण : पत्रकार महासंघ

'सर्वोच्च अदालतले मिति २०७४ फागुन १३ गते कान्तिपुर दैनिक विरुद्ध चलिरहेको मानहानीको मुद्दामाथि दिएको आदेश र त्यस पछाडिका प्रतिक्रियाप्रति नेपाल पत्रकार महासंघको ध्यानकर्षण भएको छ' सोमबार महासंघका महासचिव रमेश विष्टले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, 'सञ्चार माध्यममा कुन सामग्री प्रकाशन तथा प्रसारण गर्ने वा नगर्ने विषय उसको संविधान प्रदत्त अधिकार हो ।'


बिज्ञप्तिमा नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेबाट आम सञ्चारको हक र महत्व स्पष्ट हुन्छ भनिएको छ । साथै अदालतको आदेश र त्यसपछिको प्रतिक्रियाहरुलाई ध्यानमा राख्दै महासंघले आन्तरिक बैठक र सरोकारवालाहरुसँगको छलफलपछि थप धारणा सार्वजनिक गर्ने पनि उल्लेख गरेको छ ।


आइतवार प्रधानन्यायाधीश गोपाल पराजुलीले कान्तिपुरमा उनका बारेमा प्रकाशित समाचारहरुले अदालतको मानहानि भएको भन्दै परेको रीटमा सुनुवाई गर्दै तीन दिनभित्र उपिस्थित भएर बयान दिन र प्रेस काउन्सिललाई आफ्नो विरुद्धका सामाग्रीहरु पुन: प्रकाशन हुनबाट रोक्न आदेश दिएको थियो ।


कानुनविद्, सञ्चारविद् तथा राजनीतिक दलका नेताहरुले प्रधानन्यायाधीश पराजुलीले प्रेसमाथि सेन्सरसीप लगाउन खोजेको तथा आफु पक्ष भएको मुद्दामा आफैले सुनुवाई गरेकोमा विरोध गरेका छन् ।


प्रकाशित : फाल्गुन १४, २०७४ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?