२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बलात्कार आरोपमा थुना आदेश

रवीन्द्र उप्रेती

महोत्तरी — नाबालिका बलात्कार गरेको आरोपमा एक बृद्धलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षको लागि थुना आदेश गरेको छ । पिपरा गाउँपालिका-३ का ७५ वर्षीय कुमार पाण्डेलाई अदालतले थुनामा पठाएको हो ।

बलात्कार आरोपमा थुना आदेश

प्रतिवादीलाई थुनामा राखेर मुद्दाको टुङ्गो लगाउने की छाड्नेबारेमा मूख्य न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाले सोमबार गरेको मुद्दाको पहिलो सुनवाईमा पुर्पक्ष आदेश गरी कारागार पठाएको छ ।


स्रेस्तेदार रामानन्दप्रसाद अधिकारीकाअनुसार तीन वर्षभन्दा बढी जेल सजाय हुने कसूरका अभियुक्तलाई तत्काल प्राप्त सवुद प्रमाणका आधारमा थुन्नु पर्ने देखिए अदालतले थुना आदेश गर्ने कानूनी प्रावधान छ ।

०७३ साल चैत १८ गते स्थानीय विद्यालयको कक्षा २ मा परीक्षा दिएर अपरान्ह १ बजेतिर घरतर्फ फर्कँदै गरेकी १० वर्षीया दलित बालिकालाई प्रतिवादी पाण्डेले ललाईफकाई घरमा लगेर जबरजस्ती करणी गरेको आरोपमा उनीमाथि न्यायिक सुनवाई थालिएको हो ।

यसअगि न्यायाधीश प्याकुरेलकै इजलासले भान्जी नातामा पर्ने ३ वर्षीया नाबालिकालाई ०७३ कात्तिक १६ गते जबरजस्ती करणी गरेको आरोपमा गौशाला नपा २ का १८ वर्षीय कुमार भुजेललाई गत सोमबार १० वर्ष कैद तथा पीडित बालिकालाई ५० हजार क्षतिपुर्ती भराई दिने फैसला गरेको छ ।

प्रकाशित : फाल्गुन १४, २०७४ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?