कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री ओलीद्वारा मनमोहन एनेक्स सेन्टर शिलान्यास

अतुल मिश्र

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा ‘मनमोहन सेन्टर एनेक्स’ भवनको शुक्रबार शिलान्यास गरेका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरअन्तर्गत उक्त भवन निर्माण सुरु भएको हो ।

प्रधानमन्त्री ओलीद्वारा मनमोहन एनेक्स सेन्टर शिलान्यास

स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा दिन आग्रह गर्दै ओलीले मेडिकल कलेज सञ्चालनमा गुणस्तरीयता आवश्यक रहेको समेत औंल्याए ।


मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठका अनुसार शिक्षण अस्पतालको परिसरमा रहेको २३ आना जग्गाभित्र मनमोहन सेन्टर एनेक्स बिल्डिङ्ग बन्दैछ । १९ महिनामा निर्माण सम्पन्न हुने भनिएको नयाँ भवनमा अन्य सुविधासँगै ४० शय्या थपिनेछ । यसमध्ये रहने एउटा ‘स्वीट’मा अति विशिष्ट व्यक्तिहरुको उपचार हुनेछ ।


यस्तै हाइव्रिड अपरेसन थियटर निर्माण हुनेछ । यसमा क्याथ प्रोसिडियोर र शल्यचिकित्सा एकैपटक गर्न सकिन्छ । यो अस्पतालको भौतिक संरचना निर्माण गर्न सरकारबाट ३० करोड रुपैयाँको विनियोजन हुने समेत डा.श्रेष्ठले जनाए ।

प्रकाशित : फाल्गुन १८, २०७४ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?