कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

दुई दलका सांसदको प्रशिक्षण सुरु

सरोजकुमारी चौधरी

काठमाडौँ — सांसदको गतिविधिमा सांसदले ध्यान दिनुपर्ने विषयमा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बाट निर्वाचित संघीय सांसदलाई प्रशिक्षण दिइरहेको छ । 

दुई दलका सांसदको प्रशिक्षण सुरु

संसद्मा दरिलो उपस्थिति जनाउन र पार्टी एकतालाई मद्दत पुग्ने गरी संसदीय गतिविधिमा एकरुपता ल्याउन दुबै पार्टीले संयुक्तरुपमा नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रशिक्षण दिएको हो ।


एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल बानेश्वरस्थित संसद् भवन पुगेका छन् ।


पूर्व सभामुख सुवासचन्द नेम्वाङले घर्तीले संसदीय प्रक्रियाका विषयमा प्रशिक्षण दिए । अहिले माओवादी अध्यक्ष दाहालले प्रशिक्षण दिइरहेका छन् ।


आइतबार संघीय सांसदको शपथ कार्यक्रम तोकिएको छ । प्रशिक्षणमा सहभागी हुन राष्ट्रिय एवं प्रतिनिधिसभाका सांसदलाई दुबै पार्टीले निर्देशन गरेको थियो ।


प्रकाशित : फाल्गुन १९, २०७४ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?