१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सर्वोच्चमा पत्रकार प्रवेशमा रोक, राष्ट्रिय–अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकार गेटमै रोकिए

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालत परिसर छिर्न पत्रकारलाई रोक लगाइएको छ । अदालत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले प्रेस पास देखाउँदा पनि सर्वोच्च अदालत छिर्न दिएका छैनन् ।

सर्वोच्चमा पत्रकार प्रवेशमा रोक, राष्ट्रिय–अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकार गेटमै रोकिए

सूचना विभागको कार्ड लिएर सर्वोच्चमा समाचार संकलनमा गएका राष्ट्रिय–अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकार बाहिर गेटमै बसेका छन् । पत्रकारको कार्ड देख्नेवित्तिकै सुरक्षाकर्मीले अवरोध गरेका छन् ।


मुख्य रजिस्ट्रार राजनप्रसाद भट्टराईले पत्रकारलाई समाचार संकलनमा रोक लगाउने नीति नभएको बताएका छन् । तर, पत्रकार गेटमै रोकिंदा पनि सर्वोच्च प्रशासनले प्रवेश सहज बनाउन सकेको छैन ।


अदालतको अवहेलना मुद्दामा बयानका लागि कान्तिपुरको टोली सर्वोच्च अदालतमा पुगेलगत्तै प्रवेश कडाइ गरिएको हो ।


















प्रकाशित : फाल्गुन २०, २०७४ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?