३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कांग्रेस संसदीय दलको नेताका लागि देउवा र सिंहको उम्मेदवारी

कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले मनोनयन दर्ता गराएका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर देउवा र सिंहले दलको नेताका लागि उम्मेदवारी दिएका हुन् ।

कांग्रेस संसदीय दलको नेताका लागि देउवा र सिंहको उम्मेदवारी

देउवा मनोनयन दर्ताअघि केहीबेर दलको कार्यालय पुगे पनि वारेसनामामार्फत उम्मेदवारी दिएका छन् । देउवाको उम्मेदवारी नेता बालकृष्ण खाँडले दर्ता गराएका हुन् ।


सभापति देउवाको प्रस्तावकमा नेता विजयकुमार गच्छदार र मानबहादुर विश्वकर्माले समर्थन गरेका छन् । उनको उम्मेदवारी दर्ता साँझ ६ बजे भएको हो ।


यस्तै, कोषाध्यक्ष सीतादेवी यादव प्रस्तावक र सञ्जयकुमार गौतमको समर्थनसहित नेता प्रकाशमान सिंहले पनि दलको नेतामा उम्मेदवारी दिएका छन् ।


कांग्रेस संसदीय दलको नेता चयनका लागि भोलि सोमबार निर्वाचन हुँदैछ । निर्वाचनका लागि चिनकाजी श्रेष्ठको नेतृत्वमा कमिटी गठन गरिएको छ ।


प्रकाशित : फाल्गुन २०, २०७४ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?