१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कांग्रेसको तर्फबाट राष्ट्रपति उम्मेदवारमा कुमारी लक्ष्मी राई 

कुलचन्द्र न्यौपाने

काठमाडौँ — नेपाली कांग्रेसको बुधबार बिहान बसेको केन्द्रिय कार्यसमिति बैठकले भोजपुरकी कुमारी लक्ष्मी राईलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेसको तर्फबाट राष्ट्रपति उम्मेदवारमा कुमारी लक्ष्मी राई 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामनारायण यादवले दिएको जानकारी अनुसार कार्यसमिति बैठकले शहीद देवनसिंह राईकी छोरी लक्ष्मी राईलाई औपचारिक रुपमा कांग्रेसको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी नेपाली कांग्रेसकी पूर्व सांसद तथा पूर्व केन्द्रिय सदस्यसमेत हुन् ।


वाम गठबन्धनले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेसँगै कांग्रेसले पनि आफ्नो पार्टीबाट उम्मेदवार अघि सार्ने निर्णय गरेको हो ।वर्तमान राष्ट्रपतिलाई उम्मेदवार नबनाएमा भने कांग्रेसले उम्मेदवारी नदिने बताएको थियो । राष्ट्रिय सभामा सरकारबाट मनोनयन हुने तीन सदस्यको विषयमा राष्ट्रपति भण्डारीले राजनीतिक पूर्वाग्रह राखेको भन्दै कांग्रेसले यस्तो निर्णय लिएको हो ।

कांग्रेस नेतृत्वको सरकारले राष्ट्रिय सभामा गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई नियुक्त गर्न सिफारिस गरेको थियो । तर, राष्ट्रपति भण्डारीले शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसलाई दुई सातासम्म रोकी राखेकी थिइन् ।

केपी ओली नेतृत्वको सरकार गठन भएसँगै अघिल्लो सरकारको सिफारिस फिर्ता लिई युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेललाई नियुक्तिका लागि गरेको सिफारिस राष्ट्रपति भण्डारीले एक घण्टाभित्रै स्वीकार गरेकी थिइन् । यही विषयमा कांग्रेस राष्ट्रपति भण्डारीप्रति असन्तुष्ट छ । कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकले राष्ट्रपति भण्डारीको उक्त कार्यले संविधान उल्लंघन भएको भन्दै भत्र्सना गरेको थियो ।

वाम गठबन्धनबाट भण्डारी नै उम्मदेवार बन्ने भएमा कांग्रेसले मानबहादुर विश्वकर्मा वा लक्ष्मी राईमध्ये एक जनालाई अघि सार्ने सम्भावना रहेको बताइएको थियो ।


चुनावी अंकगणितमा वाम गठबन्धनले उठाउने उम्मेदवार नै राष्ट्रपति बन्ने करिब सुनिश्चत छ ।

प्रकाशित : फाल्गुन २३, २०७४ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?